Home / Health / एक एक हप्ता गरेर अझै एक महिना निषेधाज्ञा गर्ने सरकारको तयारी

एक एक हप्ता गरेर अझै एक महिना निषेधाज्ञा गर्ने सरकारको तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै एक महिना लम्बिने भएको छ । काठमाडौँमा  जारी गरिएको निषेधाज्ञा हाल दोस्रो हप्तामा छ । हाल जारी गरिएको निषेधाज्ञा वैशाख २९ गते मध्यरातबाट सकिदैछ। 

तर कोरोनाको संक्रमण दर बढ्दो क्रम मै रहेकोले काठमाडौँ उपत्यकाको निषेधाज्ञा अवधि अझै थप हुने भएको हो । सुरुमा काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले २ साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। 

बैशाख २९ गते थप एक साताको लागि निषेधाज्ञा थप भएको आदेश आउने छ । एक एक हप्ता गरेर अझै एक महिना निषेधाज्ञा गर्ने सरकारको तयारी छ ।  तर परिस्थिति र आवश्यकता अनुसार कुन कुन क्षेत्रमा कडाई गर्ने र कुन कुन क्षेत्र खुकुलो गर्ने भन्ने बारे सिडिओहरुले नै आदेश जारि गर्ने छन्।

हाल पनि काठमाडौँबाट बाहिरी जिल्ला जानको लागि रात्रीकालिन बसहरुलाई प्रहरीले सहजीकरण गरेर पठाईरहेको छ ।  यसलेपनि काठमाडौँको निषेधाज्ञाको अवधि बढ्ने प्रष्ट हुन्छ। एकै पटक निषेधाज्ञा थप्दा सर्वसाधारण आत्तिने भएकोले १-१ हप्ता गरेर १ महिना जतिनिषेधाज्ञा लम्ब्याउने सरकारी तयारी रहेको स्रोतले जनाएको छ । निषेधाज्ञा नगरे काठमाडौँको अवस्था भयाबह हुने र अझै पनि संक्रमण बढ्दो रहेकोले निषेधाज्ञा खोल्न नहुने सरकारी पक्षको निष्कर्ष छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *