Home / Society / गएराती अज्ञात समुहले दाङमा एक युवकको धारीलो हतियार प्रहार गरी खुट्टा छिनाए

गएराती अज्ञात समुहले दाङमा एक युवकको धारीलो हतियार प्रहार गरी खुट्टा छिनाए

तुलसीपुर: गएराति दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका ४५ वर्षीय कुमार बिकमाथि साङ्घातिक आक्रमण भएको छ।

आक्रमणकारीको हमलाबाट बिकको बाँया खुट्टा छिनिएको छ। विकलाई प्रहरीले खुट्टा छिनालिएको अवस्थामा तुलसीपुर १२ बाट उद्दार गरेको हो। विकको हात लगायत शरिरका बिभिन्न अङ्गमा समेत धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

घाइते विकलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने आक्रमणकारिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *