NepalNews

सेयर कारोबार मापक नेप्से परिसुचकमा पहिरो, एकैदिन ४७ अंकको गिरावट

काठमाडौं : साताको पहिलो र दोश्रो कारोबार दिन बढेको नेप्से तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४ ९ अंकको गिरावट हुँदा २८२८ अंकमा करोवार बन्द भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ। आज नेप्से गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएक हो ।

गत महिनाको (जेठ) ३० गते नेप्सेमा अहिलेसम्कै उच्च एकै दिनमा १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको थियो । त्यसयता नेप्सेमा कारोबार रकम लगातार घटिरहेको छ ।

आज नेप्सेमा १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६२ हजारको कारोबार भएको छ । आज नेप्सेमा लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *