Home / Politics / कसैले पनि प्रधानमन्‍त्री बन्‍ने हतारो नगरे हुन्छ : ओली

कसैले पनि प्रधानमन्‍त्री बन्‍ने हतारो नगरे हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा कसैले पनि प्रधानमन्‍त्री बन्‍ने हतारो नगर्न चेतावनी दिएका छन् । 

मदन भण्डारीको ६९औं जन्मजयन्तीका सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ’ भनेर पार्टीभित्रका असन्तुष्ट पक्षलाई जवाफ पनि दिए ।

“तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ । हिजोको जस्तो होइन,” उनले भने ।

“संसिवधान संशोधन भएर नक्सा जारी भयो । अब हटाइहापर्छ, यस्तो अपराध गर्ने केपी ओलीलाई ।

बाहिरबाहिर भन्‍न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ,” उनले आरोप लगाए ।

दिल्लीका सञ्चारमाध्यमहरू हेर्दा सबैकुरा निर्देश गर्ने उनको भनाइ थियो । उनले आफ्नो नेतृत्वको सरकार हटाउन राजदूतहरू सक्रिय भइरहेको, होटलहोटलमा गतिविधि भइरहेको बताए । तर, कस्तो गतिविधि भइरहेको छ भनेर प्रस्ट पारेनन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *