Home / Health / पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला र ६८१ पुरुष रहेका छन् । 

काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा दुई हजार ५३३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

शुक्रबार काठमाडौं उपत्यकामा दुई हजार ७२० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

बिहीबार काठमाडौंमा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी एक हजार ५५२ कोरोना संक्रमित थपिएका थिए । 

बुधबार काठमाडौंमा दुई हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी तीन हजार २०७ कोरोना संक्रमित थपिएका थिए । 

मंगलबार काठमाडौंमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी एक हजार ७०२ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी दुई हजार ३८८ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *