सप्तरी । अघिल्लो साता धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा कोरोनाबाट मृत्यु भएका सप्तरी राजबिराज १ का बृद्धको सम्पर्कबाट संक्रमीत भएका सहित हाल सम्म ४४० जनामा कोरोना संक्रमण पुष्ठि भएसङै स्थितीलाई थप भयाबह हुन नदिन जिल्ला प्रसासन कार्यलय सप्तरीले आज बिहान ५ बजे बाट अनिस्चित्कालिन निषेध आज्ञा जारी गरिएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन तथा यसबाट प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन गर्न नदिन अत्यावश्यक सेवाहरू जस्तै औषधि पसल, खाधान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र बाहेकका सेवा गर्न रोक लागाइएको छ।
यसै गरि मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात , सरकारी छापाखाना, संचार सेवा, बैंक, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको दुवानी भण्डार र वितरण, फोहोरमैला संकलन , विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन जस्ता अत्यावश्यक सेवाहरू भने संचालन हुनेछन।
अनावश्यक आवत जावत, हिंडडुल तथा मान्छे भेला हुने किसिमका कुनैपनी गतिबिधी नगर्न जनता सङ अपिल गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनु भएको छ।
साथै अत्यावश्यक सेवा अन्तर्गतका कार्यहरू समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरूको पूर्ण पालना हुने गरी मात्र गर्न गराउनु हुन, र अन्यथा प्रचलित ऐन, नियम, कानून बमोजिम कारबाही भई जाने व्यहोरा समेत जानकारी गराइएको छ।






