काठमाडौं : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा नदिएर कुन हैसियतले अविश्वासको प्रस्ताव संसदको फेस गर्ने? भन्दै प्रश्न गरे।
संसदीय दलको बैठकको निर्णयबारे जानकारी दिँदै उनले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय असंवैधानिक ठहर गरेपछि स्वत: राजीनामा दिनुपर्ने बताए।
उनले भने-`संसद् सिध्याउन खोज्ने। संविधान सिध्याउने खोज्ने। यही संविधानमा टेकेर संसद्मा आइपुगेको छ। त्यही संसद्ले यो सरकार जन्माएको छ। जुन संसद्ले सरकार जन्माएको छ त्यही संसद्लाई सिध्याउन खोज्ने। मातृहत्या गर्न खोज्ने प्रवृत्ति। संसद्मा गएर कुन नाकले, कुन हैसियतले फेस गर्ने ? कुन हैसियतले समर्थन गरिदेऊ भन्ने? यो त चुनौतीको विषय हो,´।
गुरुङले संसद्मा फेस गर्न खोजे आफूहरु तयार रहेको पनि बताए।






