Home / World News / विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख नाघ्यो


काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख १६ हजार ५९३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८५ हजार ७२७ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *