Home / Nepal / News / नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । 

उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । 

उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र  असार २४ गते नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसँगै रौतहटकै एक क्‍वारेन्टिनमा रहेका थिए । 

उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । 

उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । 

उनलाई समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो ।

पीसीआरको रिपोर्ट उनको बुधबार नै पोजेटिभ आएको हो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *