Home / Nepal / News / चीन र भारतबीचको झडपबारे पहिलोपटक नेपालले औपचारिक रुपमा बोल्यो

चीन र भारतबीचको झडपबारे पहिलोपटक नेपालले औपचारिक रुपमा बोल्यो

काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक रुपमा आज पहिलो पटक प्रतिक्रिया दिएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ ।

गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो । त्यसक्रममा २० भारतीय सैनिकको मृत्यु भएको छ ।

चीनतर्फ क्षति भए नभएको अहिलेसम्म सार्वजनिक भएको छैन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *