Home / Society / भक्तपुरमा नक्कली लाइसेन्स र नागरिकतासहित एक पक्राउ

भक्तपुरमा नक्कली लाइसेन्स र नागरिकतासहित एक पक्राउ

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र नक्कली नागरिकतासहित

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका–१२ घर भई मध्यपुर ठिमी–७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् । महाशाखाको पीडित सहायता इकाइमा आएको विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनले चलाउँदै आएको बा१५च ४६८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ । उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपि ४ थान, सवारी चालक अनुमतिपत्र २ थान, सवारी चालक अनुमतिपत्रको कर तिरेको रसिद एक थान, सवारी चालक विवरणको कागज ५ थान, विभिन्न बैंकको २५ लाख रुपियाँ बराबरको चेक ४ थान, मोबाइल ३ थान र नगद ४१ हजार ५ सयसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि आशिषलाई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याइएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *