Home / Politics / अनेरास्ववियूले तेस्रो चरणको आन्दोलन घोषणा

अनेरास्ववियूले तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।

काठमाडौंको सहिद पार्कमा अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा यसैदिन श्रद्धाञ्जलि सभा तय गरिएको छ। मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ।

अनेरास्ववियूले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *