काठमाडौं- बिहीवार उपत्यकामा थप ९ जना कोरोना संक्रमण देखिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी ९ जना संक्रमण देखिएको जानकारी दिइएको छ।
यो सँगै काठमाडौंँमा उपत्यकामा ३९६ जना संक्रमित भएका छन
काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन भने कसैको पनि मृत्यु भएको छैन ।
आज सम्म कोरोना संक्रमण बाट निको भएर घर फर्कनेको संख्या हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।






