मेलम्ची : अबिरल वर्षापछि नदीमा आएको बाढीमा कारण
बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । मङलबार दिउँसो तीन बजे मेलम्ची खोला पहिरोले पुरेपछि खोला थुनिएर बाढीले ठूलो आकार लिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव आज बिहान भेटिएको हो ।
उनिहरु सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत रहेको डीएसपी सापकोटाले बताउनु भएको हो।
मृत्यु हुनेहरूमा हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।
यसै गरी हेलम्बु गाउँपालिकाको दनौटे , तिम्बूलगायतका ठाउँमा धेरै क्षति पुयाएको छभने इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको छ भने इन्द्रावती गाउँपालिका स्थित सीता घाटको पुल जोखिममा परेको छ्।
The bodies of seven missing persons were found in Melamchi






