Home / Nepal / News / २४ घन्टामा १४७ जनामा कोरोना संक्रमण र १५६ जना निको भए

२४ घन्टामा १४७ जनामा कोरोना संक्रमण र १५६ जना निको भए

काठमाडौं- बिहीवार उपत्यकामा थप ९ जना कोरोना संक्रमण देखिएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी  ९ जना  संक्रमण देखिएको जानकारी दिइएको छ।

यो सँगै काठमाडौंँमा उपत्यकामा ३९६ जना संक्रमित भएका छन

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन भने कसैको पनि मृत्यु भएको छैन ।

आज सम्म कोरोना संक्रमण बाट निको भएर घर फर्कनेको संख्या हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *