Home / Nepal / News / हालसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५२ जना, १६ जना निको भए

हालसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५२ जना, १६ जना निको भए

काठमाडौँ। हालसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ सङ्क्रमित फेला परेका छैनन् ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताउनुभयो ।

पिसिआर विधिबाट दश हजार ४७१ र ¥यापिट डाइनोस्टिक टेस्ट ९आरडीटी० बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाले भन्नुभयो, “प्रदेश नं १ मा हालसम्म चार हजार ५४५, प्रदेश नं २ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ ।” आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।

क्वारेनटाइनमा बस्नेको सङ्ख्या २० हजार १९५ र आइसोलेशनका बिरामीे सङ्ख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् ।

मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर ९१११५ र ११३३० मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनको लागि ‘इन्ट्री’ गर्नेको सङ्ख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ ।

गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्वमूल्याङ्क फाराम भरेकोमा आठ जना रेडजोनमा पर्नुभएको छ । हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या ३०४ पुगेको छ ।

रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ ।

प्रवक्ता देवकोटाले सङ्क्रमणको प्रकृति हेरिकन लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उहाँको भनाइ छ ।

सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शङ्का लागेको खण्डमा जुन विधिबाट भएपनि तत्कालै परिक्षण गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *