नारी विना घर अधुरो,
नारी बिना दृष्टि मधुरो।।
नारी देवि हुन नारी आमा हुन्,
पतित पुरुष बुझ्दैन जुन।।
नारी बिना सृष्टि हुँदै हुन्न ,
भ्रुण हत्या गर्दा मन छुन्।।
नारी हुन् नारीको एक महान शत्रु ,
त्यसैले उनी बन्दै जान्छिन दिनप्रती दिन पत्रु ।।
पटक पटक छोरी छ भनी
गर्वपतन गराउँदा ,
कसले सुन्छ उ
पिडामा छटपटाइ कराउँदा ।।
जब कोपिला मै चुड्छौ
भने फूल खोनु किन,
तिमी जस्ताको घरमा
मान्दैन्न कोइ छोरी दिन।।
जहाँ नारी को अपमान हुन्छ ,
त्यहाँ लक्ष्मीको बाँस हुँदैन।।
तिमी ले जति रुए पनि ,
स्वार्थी संसारले सुन्दैन।।
पुरुष जति नारीले ,
पनि त गर्न सक्छे काम ।।
आखिर कसले दिन्छ ,
घरको कामको दाम।।
नारी उसको गरको दासी,
भएर बस्दा पनि ,
नारी बाटै हुन्छ अत्याचार ,
तँ अल्छिना होस् भनी ।।
इज्जत बेच पैसा कमाउ
जे गरेनी वाह वाही पाउछौँ।।
तर आफ्नो धर्म नछोडी सत्यतामा बस
आखिर तिमीले त्यहाँ ,
न गाँस न बाँस पाउछौ ।।
समाजसंग बिन्ती गर सुन्दैन कोइ ,
उसको छोरी चेलीलाई ,
यस्तै भए के गर्छन् खोइ ।।
नारी भएर हिम्मत नहार्नु
छोरी छ भनी गर्वमा नमार्नु ।।
सोच एकपल्ट तिमीलाई,
तिम्रा आमाले संसार हेर्न
नपाइ मारेको भए,
तिमीले सुन्दर धर्ती टेक्न,
नपाई नमिनमा गाडेको भए।।
आज तिमी यहाँ हुन्न थियौ
अनि सन्तान निम्ति रुन्न थियौ
हो म मान्छु तिमी संग प्रसस्त धन छ ,
तर नारी भएर नारी जस्तो
खै कोमल मन छ ।।
नारी बिनाको घर
औसीकोरात भन्दा अँध्यारो हुन्छ
घरको प्रत्येक देवाल
अनि बार्दली पनि रुन्छ ।।
किन थहाँ छ त्यहाँ
कसीङ्गर भरीएको छ
चारै तिर फोहोर नै फोहोर
छरीएको छ ।।
आज तिमी जुन चाँदीको सिरक अनि ,
सुनको खोल ओडेर बसेकी छौँ
तर तिमी खुसी पटक्कै छौनौ,
तिम्रो नै पतिको तिमी लाएक भैनौ ।।
आखिर किन सोच्यौ तिमीले,
एक नारी तब पुर्ण हुन्छे
जब उसको आफ्नो रगत
आफ्नो सन्तान साथ हुन्छ।।
छोरा होस् या छोरी,
उनी संसारकै धनी हुन्छे भोलि।।
बन्दना दाहाल सामना
इटहरी






