शनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ९६ हजार ७ सय १६ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ११ हजार१ सय ९७ जनाको ज्यान गएको छ भने बेलायतमा ४० हजार २१६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म बिश्वभर संक्रमितको संख्या ६८ लाख २ हजार ६९६ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ३३ लाख १० हजार १ सय ८० जना निको भएर घर फर्किसकेका छन्।
५३ हजार ४ सय ९७ को अवस्था गम्भीर रहेको जनाइएको छ।
यस्तैगरी नेपालमा २ हजार ९ सय १२ मा कोरोना संक्रमण देखिएको छ। ११ जनाको ज्यान गएको छ भने, २ सय ७८ जना नयाँ संक्रमीत थपिएका छन।






