Home / Society / घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमतीको खुकुरी प्रहार गरी हत्या

घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमतीको खुकुरी प्रहार गरी हत्या

झापा । कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिबार साँझ श्रीमतीको हत्या गरेका छन् । 

उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । 

प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । 

प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *