Home / World News / पछिल्लो २४ घन्टामा ३ लाख ५० हजार भन्दा बढी संक्रमीत थपिए

पछिल्लो २४ घन्टामा ३ लाख ५० हजार भन्दा बढी संक्रमीत थपिए

काठमाडौं: पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ९ सय ७५ संक्रमितको ज्यान गएको छ । सोही अवधीमा ३ लाख ५० हजार ७ सय ७५ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ७४ लाख ४८ हजार ७ सय ९५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

हालसम्म विश्वमा १० लाख ७७ हजार ४ सय ४५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस्तै नेपालमा हाल सम्म १ लाख ५ हजार ६ सय ८४ जनामा संक्रमण भएको छ भने ६ सय १४ जनाले ज्यान गुमाएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *