यस रोग लम्पी स्किन डिजिज भाईरसबाट गाई, भैँसीमा लाग्दछ। यो Poxviridae Family को DNAभाइरस हो।यो रोग नेपालको झापा, मोरङ्ग, सुन्सरी, रौतहट,मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की र काठमाण्डौँ उपत्यकामा देखिएको छ। Lumpy Skin Disease(LSD)अफ्रिकी राष्ट्रबाट सन् 2012 बाट मध्य पूर्व, दक्षिण पूर्वी यूरोप ,रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत, र चीनमा देखिएको छ। नेपालमा July 2020 मा प्रयोगशालाबाट परीक्षण गरी LSDरोग यकिन भई सकेको छ।
यो रोग भेक्टरबाट सर्ने र मनसुन, गर्मी मौसममा रोगको प्रकोप बढी हुँदा बिशेष सतर्कता अपनाउनु पर्दछ।
रोग सर्ने तरिका
यो रोग किर्नाले लामखुट्टेको टोकाई,डाँस झिँगाको टोकाईबाट सर्दछ। साथै जैविक सुरक्षा अवलम्बन नगरीकन पालिएका गाई भैँसीमा संसर्ग, लसपसबाट सर्दछ। साथै संक्रमित पशुमा प्रयोग गरेको सुई स्वस्थ पशुमा प्रयोग गरे पनि रोग सर्दछ। दुषित दाना पानी , घाँस पराल मार्फत पनि रोग सर्न सक्दछ।
रोग सर्ने अवधि
पशुमा ज्वरो भाईरस प्रवेश गरेको ६-९ दिन भित्र आउँछ। बिरामी गाई, भैँसीको छालामा गिर्खा, ४-२० दिन भित्र देखा पर्दछ। OIEको मापदण्डमा रोगको इन्कुवेसन पिरियड २८ दिन तोकिएको छ।
गाई, भैँसीमा रोग (Morbidity rate) ५-४५%मा लाग्न सक्दछ। LSD मा मृत्युदर १०% भन्दा कम नै हुन्छ।
रोगको लक्षणः
1. उच्च ज्वरो १०४˚ वा बढी आउने।
2. शरीरको विभिन्न ठाउँमा घाँटी , पछाडीको खुट्टाहरु पेट र थुन वरिपरी साना देखि ठूला गिर्खाहरु देखिने।
3. मुखबाट फिज बग्ने, सिँगान तथा कचेरा निकाल्ने।
4. दुध उत्पादन २५-८०%घट्ने।
5. ब्याउने पशुले तुहाउने र बाँझोपना समेत देखिने।
उपचार
1. ज्वरो आएमा Antipyretic औषधि (ज्वरो घटाउने) दिनु पर्दछ।
2. दोश्रो ब्याक्टेरीयल संक्रमण रोग एण्टीवायटीक्स दिन सकिन्छ।
रोग नियन्त्रणका उपाय
1. गोठमा जैविक सुरक्षा अवलम्बन गर्ने।
2. लामखुट्टे, किर्ना, डाँस झिङ्गा न्यूनिकरण गर्न सरसफाइ गर्ने, नजिकै पानी जम्ने खाल्डो छोप्ने वा पुर्ने गर्नु पर्दछ।
3. Live attenuated Homologus Neethling Strain को खोप ४ महिना वा बढी उमेरको गाई भैँसी प्रजातीमा खोप लगाउने।
4. खोप लगाउन पूर्व रोग नलागेको क्षेत्रमा क्लिनिकल परीक्षण गरेर मात्र खोप लगाउने।
5. Sheep pox 10x गाई भैँसीमा लगाउन सकिन्छ। Goatpoxपनि लगाउन सकिन्छ। तर नेपालमा यो खोप लगाउन उक्त रोगहरु endemic नभएकोले गर्दा नलगाउने रणनिति छ।
6. पशु क्वारेन्टाइल सेवा मजबूत पार्ने पशु ढुवानी (गाई, भैँसी प्रजाति) गर्दा पशु स्वास्थ्य प्रमाणपत्र र रोग नदेखिएको क्षेत्रबाट मात्र गर्ने।
7. मरेको पशुलाई खाल्डोमा गाडी माथिबाट चुन छर्कने।
8. सर-सफाइ र गोठलाई निस्क्रमण गरी पुनः पशु गोठमा राख्ने।
9. Vector Control पशुमा तथा फार्ममा गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने।
10. काचो छाला तथा बिर्यबाट रोग सर्ने हुँदा यस्तो पदार्थ LSD Free राष्ट्रबाट मात्र आयात गर्ने।
उपसंहार
लम्पी स्किन डिजिजको क्लिनिकल सर्भिलेन्स गर्नलाई मौजुदा पशु चिकित्सक र पाराभेटेरिनरीयन लाई छोटो विषयबस्तुको तालीम दिई कार्य क्षेत्रमा परिचालन गर्ने।
शंकास्पद रोगको नमूना पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा संप्रेषण गर्ने।
स्थानीय र प्रदेश सरकारको समन्वयमा पशु सेवा विभागबाट सिफारिश गरीएको खोप Live attenuated LSD खोप (Neethling Strain)लगाउने।खोपले ३ बर्षसम्म रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ।
यो रोगलाई उद्गम बिन्दुमा नै नियन्त्रण गरी दुध उत्पादकत्व बृद्धि गर्ने योजनालाई मूर्त रुप दिन जरुरी छ।
महानिर्देशक, पशु सेवा विभाग






