Home / Nepal / अल्जाइमर्स रोग के हो ? जान्नुहोस् यीनका लक्षण

अल्जाइमर्स रोग के हो ? जान्नुहोस् यीनका लक्षण

काठमाडौं : स्मृति क्षय हुने रोग अल्जाइमर्स एक दीर्घकालीन मानसिक स्वास्थ्य समस्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो रोग सामान्यतया ६५ वर्षको उमेरपछि लाग्ने जनाएको छ। अल्जाइमर्स रोगको सुरुवाती अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन्। सोही कारण पछि यसको असर धेरै जटिल हुन्छ।

यसका लक्षणहरू
१. मिति, समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु ।
२. बारम्बार एउटै कुराहरू सोधिरहनु ।
३. स्वविवेक शक्ति क्षीण हुनु ।
४. आँखाले देखेका कुराहरू नचिन्नु ।
५. नियमित गरिरहने क्रियाकलाप गर्न अप्ठ्यारो हुनु ।
६. सामान्य समस्याहरू समाधान गर्न नसक्नु

सरकारले अल्जाइमर्स रोग लागेका नागरिकको उपचारका लागि एक लाख रुपैयाँ र नीति तथा कार्यक्रममार्फत थप मासिक पाँच हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ।

अल्जाइमर्स भएका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ ?
१. अल्जाइमर्स भएका व्यक्तिहरूको कुरालाई धैर्यपूर्वक सुन्ने ।
२. दैनिक गरिने कामकाजमा सहयोग पुर्‍याउने।
३. आत्मनिर्भरता बढाउन आवश्यक सीपहरू सिकाउने।
४. लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने।
५. स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने।
६. बिरामीलाई हेरचाह गर्ने व्यक्तिलाई हेरचाह गर्न कठिनाइ भए सो व्यक्तिले थप सहयोग माग्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *