काठमाडौं : नुवाकोटको लिखु गाउँपालिका–५, डुडेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।
मृत्युु हुने मोटरसाइकलमा सवार स्थानीय २८ वर्षीय रामकुमार गजुरेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौंस्थित ग्रान्डी अस्पताल मृत्यु भएको जनाइएको छ। गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंबाट ढिकुरेतर्फ जाँदै गरेको ना८ख ५७ ९१ नम्बरको टिपरले सडकछेउमा रोकिराखेको तीनजना सवार प्रदेश ३ ०२ ०११ प ४३१६ नम्बरको मोटरसाइकललाई गए राति करिब सवा १२ बजे ठक्कर दिएको हो।
दुवै सवारीसाधन नियन्त्रणमा लिइएको र टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ।






