काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ अनिश्चित समयका सिल
काठमाडौं: काठमाडौं महानगरपालिका १४ का विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि १४ नम्बर वडालाइ बिहीबारदेखि सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनु भएको छ।
आफ्नो वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको वडाध्यक्ष सापकोटाले बताउनु भएको छ। कुलेश्वर, बल्खु लाम्पाटी लगायतका क्षेत्रमा संक्रमित देखिएको कारणले अनिश्चितकालका लागि वडा सिल गरिएको हो।
केहि दिनदेखि उपत्यकामा कोरोना संक्रमीतको संख्या ह्वात्तै बढे सङै उपत्यकाको जनजीवन त्रासती पुर्ण बन्दै गएको छ।






