काठमाडौं : आइतबार संविधान दिवसको अवसर पारेर सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो रिलिज गरिएको छ।
बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवै जनाको रहेको छ। गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका छन् भने सन्तोष अधिकारी स्वयम्को अभिनय रहेको छ।
निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रूपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् ।
निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको मेकिङ उच्च देखिन्छ । सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढी क्यारेक्टरमा अभिनय गरेका छन् ।






