Home / Politics / राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षले लगाए कोभिड-१९ विरुद्धको खोप

राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षले लगाए कोभिड-१९ विरुद्धको खोप

काठमाडौं : कोभिड-१९ विरुद्धको खोप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाएका छन्।

निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगेर अध्यक्ष तिमिल्सिनाले बिहीबार कोभिड-१९ विरुद्धको खोप लगाएका हुन्। खोप लगाइसकेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाहलाई भए पनि अन्य खोपहरुजस्तै रहेको बताए।

बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन सुरुगरिएको हो। बिहीबार नै राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाएकी छन्।

बिहीबार संघीय संसद् सचिवालयका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारी र ट्राफिक, बम डिस्पोजल,
कुकुरबाट चेकजाँच गर्नेलगायत सुरक्षाकर्मीलाई पनि खोप दिइएको छ।

हिजोदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *