Home / Nepal / भिटेनको नया गीत प्रहरीको अनुरोधमा युट्युबले हटायो, पक्राउ गर्ने तयारी

भिटेनको नया गीत प्रहरीको अनुरोधमा युट्युबले हटायो, पक्राउ गर्ने तयारी

काठमाडौ । नेपाल प्रहरीको मुख्यालयले र्यापर समीर घिसिङ (भिटेन) ले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक भएको भन्दै प्रहरिको अनुरोधमा युट्युबले हटाएको छ । प्रहरीले थप अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन समेत दिएको छ। भिटेनले ल्याएको नयाँ गीत ‘पारा’ मा प्रयोग गरेका शब्दबारे गुनासो आएपछि अनुसन्धानको लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।  

अक्टोबर २४ मा सार्वजनिक गरिएको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। उक्त गीत युट्युवमा ५ दिनमा १० लाख भन्दा बढीले हेरिसकेका थिए ।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दबारे अनुसन्धान गर्दा आवश्यक परे पक्राउसमेत गर्न सकिने प्रवक्ता कडायले बताए।  

‘गीतमा सामाजिक मर्यादा विपरितका शब्द प्रयोग भएका छन्’, उनले भने, ‘त्यसबारे उचित कदम दिन साइवर ब्यूरोलाई निर्देशन दिइएको छ।’

गत वर्ष उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ गीतको विषयमा पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *