Home / World News / बच्चाहरूमा अनौठो लक्षण, डाक्टर भन्छन् कोरोनाकै रूप

बच्चाहरूमा अनौठो लक्षण, डाक्टर भन्छन् कोरोनाकै रूप

बरगामो, (एजेन्सी) । इटालीको लाम्बार्डीमा बच्चाहरूको शरीरमा जलन महसुस भइरहेको बताइएको छ।

बरगामो शहरमा मात्रै १० वटा यस प्रकारका घटना आएको छ र एक अध्ययनले यो कोरोना भाइरससँग सम्बन्धित भएको दाबी गरेको छ।

डाक्टरकहाँ उपचारका लागि पुगेका ती बच्चाहरूको पूरै शरीरमा डाबर रहेको र हातखुट्टा सुनिएको थियो।

अस्पतालमा भर्ना भएका ८० प्रतिशत बच्चामा कोरोना भाइरस पोजिटिभ देखिएको छ, जसमा ६० प्रतिशत मुटुसम्बन्धी समस्या जस्ता गम्भीर रोगबाट पीडित थिए।

शरीर पोलेको महसुस हुने लक्षण सबैभन्दा पहिला बेलायत, इटाली र त्यसपछि स्पेनका बच्चाहरूमा देखिएको थियो।

यो लक्षण कावासाकी रोगसँग समान छ। यो रोग अधिकांश पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा देखिएको हो।

विगत ५ वर्षमा १९ बच्चामा कावासाकीको लक्षण देखिएका छन्। यो स्थिति कसरी उत्पन्न भयो भन्ने विषयमा थाहा हुन सकेको छैन।

तर वैज्ञानिकहरूले संक्रमणका कारण इम्युन सिस्टममा यसको असर परिरहेको बताइरहेका छन्।

कोभिड–१९ सँग सम्बन्धित हुनसक्ने ठानिएको यो नयाँ रोग पेडियाट्रिक मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोममा बच्चाको शरीरका कयौं अंगले काम गर्न बन्द गर्न सक्छ।

लाम्बार्डीको बरगामोमा फेब्रुअरी १८ देखि अप्रिल २० को बीचमा यस्तो लक्षणका १० बिरामी आएका थिए।

चिकित्सकहरूले अभिभावकहरूलाई यदि उनीहरूको बच्चामा यस प्रकारको कुनै लक्षण देखिएमा तत्काल अस्पताल पुर्याउन सल्लाह दिइरहेका छन् ।

यदि सही उपचार तथा रेखदेख भएमा त्यस्ता बिरामी अधिकांश ठीक हुने गरेको उनीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *