Home / Nepal / News / कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार नाघ्यो

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार ५५ पुगेको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।  

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *