Home / Society / टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा एकै घरका दुई जना दाजुभाइको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोबद्र्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

घटनापश्चात चालक टिपर छोडेर फरार भएको र खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ । – रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *