Home / Society / हत्याको बिरोधमा उत्रिएका २ प्रदर्शनकारीलाइ प्रहरीको गोली लाग्यो गम्भीर अवस्थामा काठमाडौं लगिदैं

हत्याको बिरोधमा उत्रिएका २ प्रदर्शनकारीलाइ प्रहरीको गोली लाग्यो गम्भीर अवस्थामा काठमाडौं लगिदैं

६ वर्षीया बालिका गुलाफ शाह खातुनको हत्याको विरोधमा मंगलबार बर्दिबासमा बृहत प्रदर्शन भएको छ भने हत्या आरोपमा महोत्तरीको गौशला नगरपालिकाका २६ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्।

बालिकाको हत्या भएपछि त्यसको बिरोधमा प्रदर्सनका क्रममा क्रममा प्रहरीको गोली लाग्दा गम्भीर घाइते भएका बुद्धिराज न्यौपाने र श्याम कार्कीलाई काठमाडौं लगिएको हो।

यस्तै सामान्य घाइते भएका १३ प्रहरी सहित अन्यलाइ स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भैरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बताउनु भएको छ। प्रहरीका अनुसार हत्याराले बालिकाको हत्या गरेको स्वीकारेका छन।

उनले आफ्नो दोकानमा आएकी बालिकालाई कोठामा लगेर तौलियाले घाँटीमा थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ भने हत्याको कारण अझै खुल्न बाँकी रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *