भन्सार छलेर सामान ल्याउँदै गरेको तस्करलाई प्रहरीले घेरा हाल्दा तस्कर समूह र नेपाल प्रहरीबीच सप्तरीमा झडप भएको छ।
तस्करहरुको सामान पक्राउ परेपछि स्थानिय गाउले सहित तस्कर समुह प्रतिकारमा उत्रेका थिए। मंगलबार राति करिब १० बजेतिर प्रहरी र तस्करको समूहबीच झडप भएको थियो।
घरेलु हतियार सहित प्रहरी माथी आक्रमण र झडप भएपछी चार राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। झडपमा प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन्।
उनीहरु दुवै जनाको टाउकोमा चोट लागेको र उनिहरुलाइ राजबिराज स्थित गजेन्द्रनारायण अस्पतालमा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।






