काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ९० र ललितपुरमा दुई जनामा कोरोना संक्रमण देखिएको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४४ जना र ललितपुरका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा जनसंख्या मन्त्रालयमा गरिएको परीक्षणमा काठमाडौंमा १८ जनामा कोरोना देखिएको छ ।
स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका १३ जना र ललितपुरका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।
ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका आठजनामा कोरोना संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपाल-कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना , वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको छ ।






