Home / Nepal / News / टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका १०, काठमाडौं आयल स्टोरस्थित सडकमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ।

बा.४ख २५७७ नम्बरको टिपरको ठक्करबाट दुईजना पैदलयात्रीको गएराति घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमाल छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *