ओसाका: नक्कली कागजात बनाएर जापानको भिसा लिने प्रक्रिया गरेको आरोपमा दुई जना नेपाली पक्राउ परेका छन।
जापानको ईबाराकी अध्यागमन कार्यालयले उनीहरुलाई नक्कली कागजात बनाएर आवास अनुमती पत्र लिन खोजेको आरोप लगाएको छ।
जापानी सरकारी समाचार सस्था एनएचके (NHK) का अनुसार अनुसार ३८ बर्षीय दिपेन्द्र सहनी र २२ बर्षीया सृजना बोहरा पक्राउ परेका हुन् ।
सहनीले नक्कली कागजात बनाएर बोहरालाई छोरी भन्दै भिसा लिने प्रयास गरेको जनाइएको छ । ईबाराकी अध्यागमन कार्यालयले झुटो विवरण दिएर भिसा लिने प्रयास भएको यो पहिलो घटना भएको बताएको छ ।
पक्राउ परेकाउनीहरुलाई जापानको अध्यागमन नियन्त्रण ऐन उल्लंघन गरेको आरोप लगाइएको छ। पक्राउ परेका अभियुक्त सहनी ईबाराकीमा लामो समय देखि रेष्टुरेण्ट संचालन गर्दै आएका थिए।
पछिल्लो समय जापानमा यस्ता किसिमका घटना बढ्नाले यहाँ कार्यरत नेपालीहरु प्रती जापान सरकार र जापानी जनताले गरेको बिश्वास घट्ने भन्दै चिन्ता हुन थालेको छ।
जापानमा विभिन्न भिसामा करिब ९० हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने गर्दछ्न।






