Home / Nepal / News / मोरङका दुई अलग अलग स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

मोरङका दुई अलग अलग स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

उर्लावारी: मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले शनिवार राति सवा ९ बजे को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ वर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

यसैगरी, मोरङकै उर्लावारीमा शनिवार राति ८ बजे मे ४ प ९२८५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक उपेन्द्र दनुवार र सोही मोटरसाइकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ-९ का ४५ वर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचारको क्रममा श्याम तामाङको सनिबार राती सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जानकारी दीएकोछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *