दाङ : दाङको देउखुरीमा ना ४ ख ९०१६ नम्बरको बससँग भे११प ३५९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा रहेका इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।
प्रकाशको लमही अस्पतालमा र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।






