धादिङ: धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म दिएकी छिन। उनले १८००,१५०० र २५०० ग्रामका तिन वटा बच्चालाई जन्मदिएकी हुन।
धादिङ जिल्ला अस्पतालमा तिम्ल्याहा बच्चाले जन्मलिएको पहिलो भएको अस्पतालले जनाएको छ।
धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको र आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य,डा.सविन भण्डारी, लगायतको टोलीले सफलतापुर्बक सल्यक्रिया सम्पन्न गरेको थियो।






