Home / World News / इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६

इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६

एजेन्सी: लुइस मुरियलले गरेको गोलेले इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

एटलान्टाले गएराति दश खेलाडीमा सीमित नेदरल्यान्डको आयाक्समाथि १-० को नतिजा निकाल्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो।

एटलान्टाको जितमा खेल सकिन पाँच मिनेट अघि लुइस मुरियल गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। यस अघि रायन ग्राभेनबर्चले २२औं मिनेटमा पहिलो र त्यसपछी दोस्रो पहेंलो कार्डको सामना गरेपछि आयाक्सका लागि अभिसाप बन्दै १० खेलाडीमा सिमित भएको थियो।

गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अन्तिम समयमा दुई गोल खाएपछि एटलान्टा क्वार्टरफाइनलबाट बाहिरिनु परेको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *