आज श्रावण कृष्ण एकादशी अर्थात कामीका एकादशी घरघरमा भगवान बिष्णुको सेवा आरधना गरी मनाइदैं छ। प्रातकालमा उठेर स्नान गरि तुलसाको मठमा भगवानलाई अर्चना गर्ने , अगरबत्ति , धुप आदि चढाउने अनि सूर्योदय पश्चात व्रतकथा श्रवण गर्ने चलन रहेको छ ।
आजको एकादशीको साँझमा शुद्ध गाइको घ्युमा तुलसाको मोठमा दियो बाल्ने चलन पनि रहेको छ। भगवान बिष्णुलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ ।
एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झै यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न , अमुक गाँउका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ ।
ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाएको कुरालाइ आजको यस एकादशी सँग जोडेर हेर्ने गरीन्छ। आजका दिन व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने बिस्वास गरीन्छ।
एकादशीमा शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ । भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको दिन लसुन , प्याज , मुसुरो जस्ता अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।






