आज मंसिर महिना कृष्णपक्षको एकादशी जसलाइ लाई “उत्पतिका एकादशी” भनिन्छ।
हिन्दू धर्म अनुसार मान्यता अनुसार एकादशीको उत्पत्ति आजकै तिथिमा भएकोले एकादशीको ब्रत सुरु गर्नेले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको सुरु गर्नुपर्दछ।
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्णसंगको प्रसंगलाइ उत्पतिका एकादशी सँग जोडिएको प्रसङ्ग उल्लेख छ।
जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ भन्ने सास्त्रीय मान्यता रहेको छ।
एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि नरहेको र एकादशी-माहात्म्य सुन्नाले मात्र गौ-दान गरेको पुण्यफल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।
व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम नुहाएर अन्नको परित्याग मात्र गर्नाले पनि पुण्य हुने धार्मिक मान्यता रहेको छ।
एकादशीमा अन्नलाई निषेध गरिएको छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सकिन्छ।






