झापा : झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन्। उनीहरु एकै परिवारका हुन्।
कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ। उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाका अनुसार आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा अनुसन्धानभइरहेको छ।






