काठमाडौं : बाँकेमा हात्तीको दात सहित तीनजना पक्राउ परेका छ्न। बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका–५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका–३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।






