काठमाडौं : भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनिका खोप नेपाल आइपुगेको छ।
भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाललाई दिएको छ। सोही खोप आज बिहान ड्रुक एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो ।
नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ।






