कञ्चनपुर : कंचनपुरको कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट चार किलो लागुऔषध चरेससहित प्रहरीलेशुक्रबार साँझ तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबीस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।
पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा लुकाइराखेको अवस्थामा चरेस फेला परेको उनले बताए।
पक्राउ परेकामाथि अनुसन्धान कार्य भइरहेको छ।






