Home / Nepal / News / पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जना पक्राउ

पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जना पक्राउ

सप्तरी : सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई पक्राउ गरिएको हो। 

दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो।
 
नेपालबाट डिजल खरिद गरी भारततर्फ पुर्याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता (सखडा) घेराउ गरी प्रदर्शन गरेका थिए। पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *