काठमाडौं : ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय नविन दराई र रौतहट चन्द्रपुर नगरपालिका, ९ सिंदुरेघारीका ३२ वर्षीय शिव रोक्का रहेका प्रहरीले जनाएको छ।
नेपालस्थित अमेरिकी दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले भिसा प्रयोजनको लागि १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा नवीनसँग जीवनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाईसमेत प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट नबिन र शिवलाई पक्राउ गरेको हो।






