Home / Nepal / News / आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन

आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन

काठमाडौं : काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ।

पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ। मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ।

उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *