बिस्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोपको अनुसन्धान गरिरहेको जर्मन कम्पनी बायोएनटेकले आफ्नो खोपको प्रभाबकारिता ९० प्रतिसत रहेको दाबि गरेको छ।
बायोएनटेकले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको चलिरहेको छ। सोमबार बायोटेकले आफ्नो खोपको प्रभाबकारिता ९० प्रतिशतसम्म रहेको जानकारी दिएको छ।
बायोएनटेकले अमेरिकी कम्पनी फिजरसँग मिलेर उत्पादन गरेको खोपले आफ्नो प्रभावकारितामा उत्साहजनक नतिजा देखिएको बताएसँगै विश्वभर नयाँ आशा पलाएको छ।
बिस्वभरीका धेरैले यसलाई सामाजिक सन्जालमा आसाको किरण आएको भनेर ब्याख्या गरेका छ्न। हालसम्म कोरोनाकै कारण ५ करोड भन्दा बढि सन्क्रमीत भएका छ्न भने झन्डै १३ लाखको हाराहारीमा मृत्यु भएको छ।
कोरोना संक्रमणबाट तहसनहस भइरहेको बिस्वको जनजिवनमा भ्याक्सिनको उच्च प्रभाबकारिताले उर्जा थपेको छ।
कम्पनीले भ्याक्सिनको परीक्षण ६ देशका ४३ हजार ५०० जनामा गरिरहेको र परीक्षणमा बिनाकुनै साइट इफेक्ट काम गरीरहेकोले थप आसा पलाएको जनाएको छ। हाल सम्म पनि कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएकोले सारा बिस्वले यसलाइ निकै आशाका साथ हेरेका छ्न।
हाल विश्वभर कोरोनाविरुद्धको दर्जनौ भ्याक्सिन बनेता पनि परीक्षणकै क्रममा रहेका ती सबै भ्याक्सिन मध्ये यो भ्याक्सिन प्रभावकारी देखिएको हो। कम्पनीले यसै नोभेम्बरको अन्त्य सम्ममा आकस्मिक प्रयोगको लागि स्वीकृति लिने जनाएको छ।






