Home / Nepal / हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

काठमाडौं : हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक महानवमीका दिन (आजैको दिन )मात्र खुल्ने गर्छ। गत वर्ष कोरोनाका कारण बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको छ।

अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *